रौतहटको दुर्गा भगवतीमा निःशुल्क स्वास्थ्य शिविर

रौतहट। रौतहटको दुर्गा भगवती गाउँपालिकामा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । वुधबार दुईदिने निःशुल्क स्वास्थ शिविरको गाउँपालिका अध्यक्ष शम्भु सिंहले उद्घाटन गरेका हुन् । शिविरमा मुटु तथा नशा रोगबाट पीडित बिरामीहरुको विषेशज्ञ चिकित्सकले स्वास्थ्य सेवा दिने अध्यक्ष सिंहले बताए ।
प्रदेशमै मुटुसम्बन्धी सफल इन्टरवेशन सर्जरी गर्दै आएका नेशनल मेडिकल कलेज वीरगञ्जका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. जीतेन्द्र कुमार मिश्रा, डा अफरोज अन्सारी, तथा वरिष्ठ स्पाईन नशा रोग विशेषज्ञ डा सरफरोज अन्सारीसहितको टोलीले दुर्गाभगवती स्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा शिविरमार्फत् स्वास्थ्य सेवा दिइरहेका छन् ।
शिविरमा निःशुल्क स्वास्थ्य जाँचका साथै मुटु तथा छातीसम्बन्धी समस्या भएका बिरामीलाई ईसीजी, भिडियो एक्सरे, इको, सुगर जाँच, ब्लड प्रेसर लगायत जाँच भइरहेको छ।
बिरामीलाई आवश्यकताअनुसारको औषधिसमेत निःशुल्क उपलब्ध गराइने अध्यक्ष शम्भु सिंहले जानकारी दिए ।
शिविर उद्घाटन कार्यक्रममा पालिकाकी उपाध्यक्ष शिला देवी, प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठक, वडा अध्यक्षहरु धर्मेन्द्र कुमार झा, प्रद्युमन चौधरी, धर्मनाथ चौधरी, स्थानीय समाजसेवी एवं राजनीतिकर्मी राजेश चौधरी, प्राविधिक शाखा प्रमुख हेमन्त झा, स्वास्थय संयोजक दिनेश महतो लगायतको उपस्थित रहेको ईन्जिनियर सुरज मिश्राले जानकारी दिए ।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
प्रतिक्रिया