आइतबार, वैशाख १३, २०८३

संसदमा रास्वपाको प्रश्न- बालकुमारी घटनाको प्रतिवेदन कहाँ पुग्यो ?

मेरोन्यूज २०८० फागुन १० गते १२:१३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गत पुस १३ गते भएको बालकुमारी घटनामामा दुई युवा मारिएको घटनाको प्रतिवेदन कहाँ पुग्यो भन्दै प्रश्न गरेको छ ।

Advertisement
NiccNicc

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका सांसद विराजभक्त श्रेष्ठले सरकारलाई प्रतिवेदन बुझाए पनि किन सार्वजनिक भएन र कहाँ पुग्यो भन्दै प्रश्न गरेका हुन्।

‘सरकार संसद्‌प्रति जिम्मेवार हुँदैन भने मुलुकले कस्तो नेतृत्व पाइरहेको छ ? सरकारलाई पढ्नलाई गाह्रो छ भने हामी संसद्‌मा बाचन गरेर सुनाइदिन्छौँ,’ उनले भने।

सांसद श्रेष्ठले सो घटनामा दोषी रहेका मन्त्रीलाई कारबाही नगर्ने हो भने संसद् अवरुद्ध गर्न पनि रास्वपा पछि नपर्ने बताए।

प्रतिक्रिया