काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा वर्षा र हिमपात

काठमाडौं । काठमाडौंसहित देशका केही स्थानमा बिहीबार वर्षा भएको छ । हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।
अहिले वाग्मती र गण्डकी प्रदेशमा वर्षा भइरहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । कर्णाली प्रदेशका केही स्थानमा पनि वर्षा भएको उनले बताइन् ।
उपत्यकामा बिहीबार राति पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।
आज राति वर्षा भए पनि भोलि बिहान केही समय घाम लाग्ने र दिउँसो बदली हुने सम्भावना रहेको उनले बताइन्।
पछिल्लो २४ घन्टामा पोखरा, मनाङ, गोरखा, मकवानपुर, सिन्धुलीलगायतका जिल्लामा १४ मिलिमिटरसम्म वर्षा भएको छ। सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थान र कर्णालीमा छिटपुट पानी परेको छ। लुम्बिनीका पहाडी भेग, गण्डकी र बागमतीका पहाडी भेगमा भने हल्कादेखि मध्यम वर्षा भएको छ।
शुक्रबार भने पश्चिमबाट मौसममा सुधार हुँदै जाने देखिन्छ। शुक्रबार दिउँसो कोशी र गण्डकीका पहाडी भूभागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
















सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा
झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला, नयाँ रोगीको सङ्ख्या बर्सेनि बढ्दै
स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात
दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया