मीनका राेकिएका काम पुरा हुने, अन्य राशिकाे कस्ताे छ दिन ?

आज मिति २०८० साल फागुन ११ गतेतदअनुसार फ्रेब्रुअरी २३, सन् २०२४ बुधवार। माघ शुक्ल चतुर्दशी । पञ्चाङ्ग: शोभन वणिज अश्लेषा ।
यस्ताे छ राशिफल
मेष : हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। नियमित खर्चसमेत बढ्ने योग छ। प्रतिस्पर्धीले खुट्टा तान्ने प्रयास गर्न सक्छन्।
बृष :लाभदायक यात्रा हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। कार्य सम्पादनमा सहजता मिल्नेछ। तर, आहारविहारमा भने ख्याल गर्नुहोला।
मिथुन : शुभकार्यको चर्चा चल्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमणीय, सुखद र धार्मिक यात्राको योग छ।
कर्कट : लगानीमा रहेको रकम फिर्ता आउन सक्छ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। रोजगारीको अवसर मिल्नेछ।
सिंह :शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी देखिन्छ। यात्रामा मालसामान हराउन सक्छ। साँझमा पैसा खर्च हुने योग छ।
कन्या : अधुरा र रोकिएका काम दोहोर्याएर गर्दा फाइदा हुनेछ। जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्न सक्छ। रमणीय र सुखद यात्राको योग छ। प्रणय प्रसङ्गका लागि पनि समय श्रेष्ठ छ।
तुला : महत्त्वपूर्ण कामको थालनी हुनेछ। घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ। वैदेशिक कार्यमा सफलता मिल्नेछ। कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ।
बृश्चिक : धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ।
धनु :स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। नजिकका व्यक्तिसँग वादविवादमा परिनेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। आर्थिक कारोबारमा विवाद आउला।
मकर : जोस-जाँगर बढ्नुका साथै समयले राम्रो साथ दिनेछ। दूरदराजमा बसोबास गर्ने व्यक्तिसँग सम्बन्ध सुमधुर रहनेछ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ।
कुम्भ : विद्या र बुद्धिको विकास हुनेछ। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ। राजनीतिक र न्यायिक कार्यबाट सफलता मिल्ने र रुचि बढ्नेछ। घरमा अतिथिको आगमन हुनेछ।
मीन :मनमा उत्साहका साथै बोली बिक्ने समय छ। रमाइलो यात्राको योग रहेको छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।
















सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा
झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला, नयाँ रोगीको सङ्ख्या बर्सेनि बढ्दै
स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात
दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया