कस्ताे छ तपाईंको आजकाे दिन ? हेर्नुहाेस् राशिफल

आज मिति २०८० साल फागुन १२ गतेतदअनुसार फ्रेब्रुअरी २४, सन् २०२४ शनिवार। माघ शुक्ल पूर्णिमा ।पञ्चाङ्ग: अतिगंड बव मघा ।
यस्ताे छ राशिफल
मेष : लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन्। चङ्ख्याइँले सङ्कल्पसिद्ध हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।
बृष :लाभ-हानि, सुख-दुःख मध्यम नै रहनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ भने व्यर्थको हैरानी पनि खेप्नु पर्नेछ। ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला।
मिथुन : परिश्रम गर्दा बढी धनार्जन हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। लामो यात्रा सुखद र सफल हुनेछ। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। दाम्पत्य सुखमा रमाउने समय छ। वैदेशिक कार्य पनि अघि बढ्नेछ।
कर्कट : नसोचेको ठाउँबाट धनागम हुनेछ। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ तर स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ।
सिंह :ठीक समयमा सही निर्णय लिन सकिनेछ। नयाँ व्यक्तिबीच समीपता बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ। स्वादिष्ट भोजन पाइनेछ। मनोरञ्जनमा सहभागी भइएला।
कन्या : मानसिक चिन्ता र चञ्चलता बढेको महसुस हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। चोटपटकको भय छ।
तुला : शुभ समाचार सुन्न पाइएला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। विनाप्रतिस्पर्धा फाइदा हुने योग छ। कला र गलाको प्रभाव बढ्नेछ।
बृश्चिक : रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालीन फाइदा पुग्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। शुभकार्यको चर्चा चल्नेछ। नयाँ व्यक्तिसँग भेटघाट होला।
धनु :कुनै कुराले मनमा शान्ति छाउनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। वैदेशिक क्षेत्रको अधुरो काम अघि बढ्नेछ।
मकर : सरकारी निकायको भय रहला। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। साँझपख सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। वैदेशिक कार्यहरू सहजै सम्पादन हुनेछन्।
कुम्भ : अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग रहेको छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। परिवारसँग रमाइलो भेटघाट हुनेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ।
मीन : रमाइलो यात्राको योग रहेको छ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि समय श्रेष्ठ छ।
















स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
सङ्खुवासभा बोलेरो दुर्घटना : मृतक दुई जनाको पहिचान खुल्यो
नवलपरासीमा विद्यालय बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया