नेकपा एमाले कैलालीकाे अध्यक्षमा ढुंगाना विजयी

धनगढी । नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढंगाना निर्वाचित भएका छन्।
पूर्व प्रदेश सचिवालय सदस्य समेत रहेका ढुंगाना मुख्य प्रतिद्वन्द्वी वर्तमान कार्यसमितिका कार्यबाहक अध्यक्ष दुर्गा प्रसाद जोशी र सचिव डेजी पाण्डेलाई हराएर अध्यक्ष निर्वाचित भएका हुन्।
शनिबार बिहान सम्पन्न मतगणनाअनुसार ढुंगानाले दुई सय ८७ मत प्राप्त गर्दा पाण्डेले दुई सय १८ मत ल्याए। अध्यक्षका प्रतिद्वन्द्वी दुर्गाप्रसाद जाेशीले ६३ मत मात्र पाए। उनी हालका कार्यवाहक अध्यक्षसमेत हुन्। अध्यक्षमा तीन जनाले प्यानलसहित उम्मेदवारी दिएका थिए।
उपाध्यक्षमा डेजी पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन्। उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले एक सय ८८ मत पाए।
उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले एक सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन् ।
सचिवमा भने पाण्डे प्यानलका ममताप्रसाद चाैधरी विजयी भएका छन्। चाैधरी दुई सय ४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले एक सय ६८ मत मात्रै पाए।
सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गरेका छन्। उपसचिव (खुला) मा भने ढुंगाना प्यानलका चुडामणि भट्ट विजयी भएका छन्। भट्ट दुई सय ५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले एक सय २३ मत पाए। यस्तै, अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरुङले ७१ मत पाए।
उपसचिव (महिला) मा गंगाकुमारी चाैधरी एक सय ९६ मतसहित विजयी भएकी छन्।उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले एक सय ६१, रत्ना कुँवर जाेशीले ९४ र अम्बिका विष्टले ९० मत पाए।
फागुन ६ गते सुरू भएकाे एमाले नवाैं अधिवेशनमा छैटौं दिन शुक्रबार मात्र मतदान भएकाे थियाे। कुल पाँच सय ९१ प्रतिनिधि रहेकाेमा पाँच सय ७७ मत खसेकाे थियाे। आजै नै सदस्यकाे मतगणना हुने निर्वाचन कमिटीले जनाएको छ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया