हेर्नुहाेस् यस्ताे छ आजकाे तपाईंको राशिफल !

आज मिति २०८० साल फागुन १६ गतेतदअनुसार फ्रेब्रुअरी २८, सन् २०२४ बुधबार। फागुन कृष्ण चतुर्थी । पञ्चाङ्ग: गण्ड बव हस्ता ।
यस्ताे छ राशिफल
मेष : प्रतिष्ठित काम गर्ने मौका छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। आफन्तले सहयोग गर्नेछन्। प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ।
बृष : व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ।
मिथुन : मनमा चञ्चलता बढ्नेछ। मनमा निराशा र शरीरमा आलस्य आउला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। फलदायी यात्रा नहोला। साँझमा शुभ समाचार सुन्न पाइनेछ।
कर्कट : सफल यात्रा र उपहार पाइने सम्भावना छ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ।
सिंह : चिताएको कामले तीव्रता लिनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।
कन्या : धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ।
तुला : महत्त्वपूर्ण अवसर गुम्न सक्छ। अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ। पारिवारिक र नातागोताभित्रका सदस्यसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले मनमुटावको स्थिति आउन सक्छ।
बृश्चिक : विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ। आँटेको र ताकेको कार्य पूरा होला। रोजगारीको अवसर मिल्नेछ। अतिथिको रूपमा सत्कार पाइएला। प्रणय सम्बन्ध बढ्ने समय छ।
धनु : दाजुभाइ र दिदीबहिनीहरूबाट सहायता मिल्नेछ। नयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्ने छ। तर, बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ।
मकर : सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। धार्मिक यात्राले अनुहारमा चमकता आउनेछ। प्रेम जीवन सबल र सफल हुनुका साथै दाम्पत्य जीवन सुखमय रहनेछ।
कुम्भ : अनावश्यक ठाउँमा धन खर्च होला। सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई साँझमा लाभ मिल्नेछ।
मीन : धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ। अचल सम्पत्ति हात पर्न सक्छ। नोकरी र व्यावसायिक जीवनमा सुधार आउनेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ।
















विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया