बिहीबार, पुष १७, २०८२

शर्मिला वाइबा थप ४ दिन हिरासतमै रहने

मेरोन्यूज २०८० फागुन १७ गते १६:३५

काठमाडौं । हाँस्य कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी कथित अभियन्ता शर्मिला वाइबालाई ४ दिन म्याद थप गरिएको छ ।

जिल्ला अदालत काठमाडौंले हिजोबाट लागू हुने गरी ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

घरायसी विवादमा युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै खतिवडाले शर्मिलाविरुद्ध जाहेरी दिएका थिए ।

जाहेरीपछि प्रहरीले उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर ल्याएको थियो ।

प्रतिक्रिया