बुधबार, मंसिर १७, २०८२

हेर्नुहाेस् यस्ताे छ आजकाे तपाईंको राशिफल !

मेरोन्यूज २०८० फागुन १८ गते ६:३५

आज मिति २०८० साल फागुन १८ गतेतदअनुसार मार्च १ , सन् २०२४ शुक्रबार। फागुन कृष्ण पञ्चमी। पञ्चाङ्ग: ध्रुव तैतल स्वाति।

यस्ताे छ राशिफल

मेष : कलहको योग भएकोले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ। आर्थिक क्षेत्रमा सङ्कट आउन सक्छ।

बृष :  रोकिएका काम दोहोर्‍याएर गर्दा फाइदा हुन सक्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। 

मिथुन :  रमणीय र सुखद यात्राको योग छ। प्रविधिमार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। पढाइ-लेखाइमा प्रगति हुनेछ। प्रणय सम्बन्ध बढेर जाने समय छ।

कर्कट :  लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।

सिंह :  विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला। नाक तथा घाँटीमा समस्या आउन सक्छ। बुद्धि र विवेकको प्रयोग गर्न सके दिनलाई सकारात्मक बनाउने समय छ।

कन्या :  दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। छोटो दुरीको लाभदायक यात्रा रहला। व्यवसायबाट लाभ मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

तुला : प्राविधिक काममा सफलता प्राप्त हुनेछ। नयाँ कार्यको योजना बन्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। पुराना साथीभाइसित भेटघाट हुनेछ। समाज सेवामा मन लाग्नेछ।

बृश्चिक : कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

धनु : आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र स्वास्थ्यमा समस्या बढ्ला, सचेत हुनुपर्छ। आफन्तको विश्वासमा कमी आए तापनि विश्वास गर्न जरूरी हुन्छ।

मकर : रमाइलो यात्राको योग रहेको छ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। वैदेशिक कार्य अघि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। शुभकार्यको चर्चा चल्नेछ। साँझमा भने पारिवारिक झमेला हुनसक्ने देखिन्छ।

कुम्भ :  रोकिएका काम पुनः सुरु हुन सक्छन्। मित्र वा आफन्तको सहयोग मिल्नेछ। मन पर्ने वस्त्र, अलंकार उपहार पाइनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रोकिएका काम पूरा हुनेछन्।

मीन : मनमा उत्साहका साथै बोली बिक्ने समय छ। प्राविधिक कार्यमा सफलता पाइनेछ। सन्तान सुख पनि मिल्नेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ।

प्रतिक्रिया