हेर्नुहाेस् यस्ताे छ आजकाे तपाईंको राशिफल !

आज मिति २०८० साल फागुन १८ गतेतदअनुसार मार्च १ , सन् २०२४ शुक्रबार। फागुन कृष्ण पञ्चमी। पञ्चाङ्ग: ध्रुव तैतल स्वाति।
यस्ताे छ राशिफल
मेष : कलहको योग भएकोले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ। आर्थिक क्षेत्रमा सङ्कट आउन सक्छ।
बृष : रोकिएका काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।
मिथुन : रमणीय र सुखद यात्राको योग छ। प्रविधिमार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। पढाइ-लेखाइमा प्रगति हुनेछ। प्रणय सम्बन्ध बढेर जाने समय छ।
कर्कट : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।
सिंह : विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला। नाक तथा घाँटीमा समस्या आउन सक्छ। बुद्धि र विवेकको प्रयोग गर्न सके दिनलाई सकारात्मक बनाउने समय छ।
कन्या : दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। छोटो दुरीको लाभदायक यात्रा रहला। व्यवसायबाट लाभ मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
तुला : प्राविधिक काममा सफलता प्राप्त हुनेछ। नयाँ कार्यको योजना बन्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। पुराना साथीभाइसित भेटघाट हुनेछ। समाज सेवामा मन लाग्नेछ।
बृश्चिक : कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।
धनु : आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र स्वास्थ्यमा समस्या बढ्ला, सचेत हुनुपर्छ। आफन्तको विश्वासमा कमी आए तापनि विश्वास गर्न जरूरी हुन्छ।
मकर : रमाइलो यात्राको योग रहेको छ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। वैदेशिक कार्य अघि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। शुभकार्यको चर्चा चल्नेछ। साँझमा भने पारिवारिक झमेला हुनसक्ने देखिन्छ।
कुम्भ : रोकिएका काम पुनः सुरु हुन सक्छन्। मित्र वा आफन्तको सहयोग मिल्नेछ। मन पर्ने वस्त्र, अलंकार उपहार पाइनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रोकिएका काम पूरा हुनेछन्।
मीन : मनमा उत्साहका साथै बोली बिक्ने समय छ। प्राविधिक कार्यमा सफलता पाइनेछ। सन्तान सुख पनि मिल्नेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सुनचाँदीको मूल्यमा केही गिरावट
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया