साफ यू-१६ महिला फुटबल : भुटानमाथि भारतको ७-० को फराकिलो जित
मेरोन्यूज
२०८० फागुन १८ गते १७:२१

काठमाडौँ । भारतले आजदेखि काठमाडौँमा शुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।
आज भएको पहिलो खेलमा भारतले भुटानलाई ७-० गोल अन्तरले पराजित गरेको हो ।
ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न यस खेलमा भारतका लागि अनुष्का कुमारी र पर्ल फर्नानडेजले २-२ गोल गरेका थिए भने श्वेता रानी, अन्विता रघुरमण, योंग टिग्रेसेसले एक एक गोल गरेका थिए ।
प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार देश सहभागी हुदै छन् । प्रतियोगिताको पहिलो चरणमा सहभागी चार वटै टोलीले एक अर्कासँग एक–एक खेल खेल्नेछन् भने शिर्ष दुई स्थानमा रहने दुई देश फाइनलमा पुग्ने छन् ।
अब शनिबार नेपालले बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ ।
सम्बन्धित
















पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
वीरगन्ज भन्सारमा जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया