बिहीबार, पुष १७, २०८२

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

मेरोन्यूज २०८० फागुन १८ गते १७:३०

कास्की । पोखरा महानगरपालिका-५ जिरो किमीस्थित धौलागिरी आगमन रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-५ प्रस्याङ बस्ने म्याग्दी धौलागिरी गाउँपालिका-१ घर भएका ५१ वर्षीय पदम लामा समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९४ हजार ४० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया