झापा गोल्डकपमा एपीएफको विजयी सुरुआत

विराटनगर । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले छैटौँ संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
शनिबार प्रतियोगिताको उद्घाटन खेलमा एपीएफले संकटा फुटबल क्लबलाई ‘टाइब्रेकर’मा ४–२ ले पराजित गर्यो । जितसँगै एफीएफले क्वार्टरफाइनलको यात्रा तय गर्यो ।
एपीएफका दिपेश धिमाल, फोडे फोफोना, कुलदीप कार्की र सुमन श्रेष्ठले गोल गरे । संकटाका चन्दन दास र यमनबहादुर पुत्वारको प्रहारले मात्र जाली चुमेको थियो । संकटाका अजित लामाको प्रहार विपक्षी गोलरक्षकले बचाएका थिए । मौसम सुब्बाको प्रहार गोलपोस्टमा लागेर फर्कियो ।
निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउटबाट नतिजाको टुंगो लगाइएको हो ।
खेलको ‘प्लेयर अफ दी म्याच’ एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबसहित १० टिमको सहभागिता छ । विजेताले १३ लाख र उपविजेताले सात लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको फाइनल खेल यही फागुन २८ गते हुने आयोजकले जनाएको छ ।
















दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया