जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
मेरोन्यूज
२०८० फागुन २० गते १७:१८

काठमाडौं। तारकेश्वर नगरपालिका-१० मनमैजु लोकतान्त्रिक चोक नजिक टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने म्याग्दी धौलागिरी नगरपालिका-७ घर भएका ४८ वर्षीय तेजेन्द्र भण्डारी समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार ५ सय ६५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-८ सभागृह चोकस्थित गोपाल बस्नेतको मोटरसाइकल ग्यारेजमा जुवातास खेलिरहेको अवस्थामा बारा बिश्रामपुर नगरपालिका-१ घर भएका ४० वर्षीय रमेश शाह समेत ६ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४० हजार ४ सय ५० नेपाली रूपैयाँ, ३ हजार २ सय भारतीय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री
प्रतिक्रिया