जनकपुरमा स्कुल बसको ठक्करबाट मृत्यु हुनेको संख्या २ पुग्यो

जनकपुरधाम । जनकपुरमा स्कुल बसको ठक्करबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । आइतबार भएको दुर्घटनामा घाइते भएका थप एकजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २३ की ५८ वर्षीया देवकली साह छन् । उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार बिहान १० बजेतिर जनकपुरधाम उपमहानगरपालिका-२३ विन्धीमा प्र २–०२–००१ क ०४३१ नम्बरको एञ्जल्स स्कुलको बसले बिहेको मटकोर विधिको लागि माटो ल्याउन जाँदै गरेका महिलाहरुको समूहलाई ठक्कर दिएको थियो । ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका ३ की ३५ वर्षीया राखदी देवी यादवको घटनास्थलमै मृत्यु भएको थियो ।
घाइतेहरुमा ५० वर्षीय अम्बिका देवी झा, ७० वर्षीया पशुपति देवी यादव, भुवनेश्वर देवी यादव, ४ वर्षीय सोनुकुमार साह, २४ वर्षीया ममता देवी यादव र ४० वर्षीया दलसिया देवी साह रहेका छन् । उनीहरुको उपचार भइरहेको छ ।
चालक र बसलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको छ ।
घटनापछि विहानैदेखि विन्धीको अवस्था तनावग्रस्त छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको थियो ।
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया