नारायणगढ-बुटवल सडक खण्डको अवरोध अझै हटेन

मध्यविन्दु (नवलपरासी)। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी–बर्दघाट सुस्तापूर्वको दाउन्ने क्षेत्रमा आइतबार साँझदेखि अवरुद्ध भएको सडक अझै पूर्णरुपमा सञ्चालन हुन सकेको छैन । आइतबार साँझको वर्षाले सडक स्तरोन्नतिका लागि भित्तो काटिएको क्षेत्रमा रातो माटो बगाएर ल्याएपछि सडक अवरुद्ध भएको हो ।
रातो माटोका कारण सडक चिप्लो हुँदा यातायातका साधन सञ्चालनमा अवरोध भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी–बर्दघाट सुस्तापूर्वका प्रहरी निरीक्षक साजनकुमार शर्माले बताए ।
बाटो अवरुद्ध भएपछि दाउन्ने सडक खण्ड अहिलेसम्म पनि सञ्चालन हुन नसक्दा सयौँ यात्री एवं सवारी बीच बाटोमा नै अलपत्र परेका छन् । सडक सञ्चालनका लागि हिलो माटो डोजर लगाएर हटाइए पनि पहाडी क्षेत्र भएकाले सडक चिप्लो भएर गाडी चलाउन समस्या भएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।
लामो समयदेखि निर्माणाधीन नारायणगढ–बुटवल सडक खण्ड आइतबारको वर्षाका कारण अहिले हिलाम्मे भएको छ । मालवाहक सवारीहरू धेरै ठाउँमा फसेकाले अन्य स्थानमा पनि सवारी सञ्चालन गर्न समस्या भइरहेको प्रहरीले जानकारी दिएको छ ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया