नारायणगढ-बुटवल सडक खण्डको अवरोध अझै हटेन

मध्यविन्दु (नवलपरासी)। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी–बर्दघाट सुस्तापूर्वको दाउन्ने क्षेत्रमा आइतबार साँझदेखि अवरुद्ध भएको सडक अझै पूर्णरुपमा सञ्चालन हुन सकेको छैन । आइतबार साँझको वर्षाले सडक स्तरोन्नतिका लागि भित्तो काटिएको क्षेत्रमा रातो माटो बगाएर ल्याएपछि सडक अवरुद्ध भएको हो ।
रातो माटोका कारण सडक चिप्लो हुँदा यातायातका साधन सञ्चालनमा अवरोध भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी–बर्दघाट सुस्तापूर्वका प्रहरी निरीक्षक साजनकुमार शर्माले बताए ।
बाटो अवरुद्ध भएपछि दाउन्ने सडक खण्ड अहिलेसम्म पनि सञ्चालन हुन नसक्दा सयौँ यात्री एवं सवारी बीच बाटोमा नै अलपत्र परेका छन् । सडक सञ्चालनका लागि हिलो माटो डोजर लगाएर हटाइए पनि पहाडी क्षेत्र भएकाले सडक चिप्लो भएर गाडी चलाउन समस्या भएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।
लामो समयदेखि निर्माणाधीन नारायणगढ–बुटवल सडक खण्ड आइतबारको वर्षाका कारण अहिले हिलाम्मे भएको छ । मालवाहक सवारीहरू धेरै ठाउँमा फसेकाले अन्य स्थानमा पनि सवारी सञ्चालन गर्न समस्या भइरहेको प्रहरीले जानकारी दिएको छ ।









स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै
जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया