बिहीबार, पुष १७, २०८२

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

मेरोन्यूज २०८० फागुन २२ गते १२:१७

काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ परेका छन् ।

झापा, बिर्तामोड नगरपालिका-३ गोसलाईन छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ सय २० मिलिग्रामसहित भद्रपुर नगरपालिका-३ घर बताउने २० वर्षीय मौसम किस्कु समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी झापा, बिर्तामोड नगरपालिका-६ बुट्टाबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ९ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय मनिष लिम्बु समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरीले उनको घरको तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१६ भन्सार चेक पोष्ट नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्रामसहित सोही ठाउँ बस्ने ४० वर्षीय मनोज खानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो बाँके शाखा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया