अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ परेका छन् ।
झापा, बिर्तामोड नगरपालिका-३ गोसलाईन छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ सय २० मिलिग्रामसहित भद्रपुर नगरपालिका-३ घर बताउने २० वर्षीय मौसम किस्कु समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-६ बुट्टाबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ९ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय मनिष लिम्बु समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरीले उनको घरको तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१६ भन्सार चेक पोष्ट नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्रामसहित सोही ठाउँ बस्ने ४० वर्षीय मनोज खानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो बाँके शाखा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया