आइतबार, वैशाख २०, २०८३

किन बन्द भयो ‘मुन्द्रेको कमेडी क्लब’ ?

मेरोन्यूज २०८० फागुन २२ गते १६:२६

काठमाडौं । हास्यकलाकार जितु नेपालले सञ्चालन गर्दै आएको कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ। मंगलबार सामाजिक सञ्जालमार्फत जितुले शो बन्द गर्ने घोषणा गरेका हुन्।

Advertisement
NiccNicc

खर्च धान्न ग्राहो भएको र अब नयाँ शैलीको कार्यक्रम निर्माणका लागि शो बन्द गर्नुपरेको उनले बताए । ‘यति धेरै खर्च गरेर अहिलेको अवस्थामा शो चलाउनै कठिन भयो ।’ उनले भने “बजार, प्रोडुसरको अभाव, विज्ञापन अभावलगायत कारणले बन्द गर्नु परेको हो ।”

अब केही समय लिएर फरक खालको कमेडी गर्ने उनले बताए । “एकै खालको कमेडी भयो । अब फरक खालको कमेडी गर्नुपर्छ भन्ने लागेको छ,” उनले भने, “तर यसका लागि समय भने लाग्नेछ ।”

पहिलो सिजन ७६ भाग प्रशारण भएको ‘मुन्द्रेको कमेडी क्लब’को दोस्रो सिजन ५६ भाग प्रशारण भएको थियो । तेस्रो सिजनको अन्तिम भाग आज प्रशारण हुने जितुले बताएका छन् ।

प्रतिक्रिया