एकाएक विश्वभर फेसबुक र इन्स्टाग्राममा देखियो समस्या
मेरोन्यूज
२०८० फागुन २२ गते २१:५५

काठमाडौं । विश्वभर सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएको हो ।
समस्या देखिएपछि विश्वभरका फेसबुक र इन्स्टाग्रामका प्रयोगकर्ताले गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका छन् ।
फेसबुकसँगै मेटाको मेसेन्जर र इन्स्टाग्राममा पनि समस्या देखिएको छ । इन्स्टाग्रामले पूर्णरूपमा काम गर्न छाडेको छ ।
मेटाकै ह्वाट्सएप भने चलिरहेको छ । तर, के भएको हो भन्नेबारे फेसबुकले केही बताइसकेको छैन ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रतिक्रिया