आइतबार, चैत १, २०८२

खानामा माछा नदिएकाे भन्दै बेहुली नलिइ फर्किए जन्ती

मेरोन्यूज २०८० फागुन २३ गते १३:०४

पर्सा। खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्ता भएको घटना भारतको बिभिन्न प्रान्तमा हुनेगरेको समाचार बिगतमा सुन्न र पढ्न पाइन्थ्यो।

Advertisement
nepal life insurencenepal life insurence

तर यस्तै घटना मधेश प्रदेशको एक पालिकामा भएको छ, जहाँ जन्तीलाई खानामा माछा नदिँदा जन्ती र बेहुलीपक्ष बिच कुटपिट भएर अन्तमा बिहे बहिष्कार गरी जन्ती फिर्ता गएको घटना प्रकाशमा आएको छ।

पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका ४ को मधवल गाउँमा सखुवा प्रसौनी गाउँपालिकाको महुवनबाट  सोमबार राती आएको जन्तिमा बेहुला पक्ष र बेहुली पक्षबीच कुटाकुट हुँदा बेहुली नलिईकन बेहुलासहितको जन्ती फिर्ता गएको छ ।

जन्तीमा आएकाहरुले खानामा माछा नपाएको कारण भनाभन हुँदै कुटापिटमा परिणत भएको थियो । कुटापीटमा बेहुलाका बुबा घाइते भएपछि बिहेनै नगरी जन्ती खालीहात फिर्ता हुने अवस्था आएको थियो।

कुटपीट भएपछि जन्तीहरु सबैजना भागेका थिए । जन्ती भागेको देखेर बेहुली पक्षका मानिसहरुले बेहुलालाई घरमै थुनेर राखेका थिए । घटनाको खबर पाएर तत्काल इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख इन्स्पेक्टर मोहन विक्रम केसीको कमाण्डमा गएको टोलीले बेहुलाको उद्दार गरी प्रहरी कार्यालयमा सुरक्षित राखेका  थिए ।

इलाका प्रहरी कार्यालय पोखरीयामा हिजो मंगलबार दुईपक्ष बिच छलफल हुँदा बेहुलीले बिहे गर्न इन्कार गरेपछि जन्ती सहित बेहुला आफ्नो घर फर्केको इन्स्पेक्टर केसीले बताएका छन। 

स्थानिय सञ्चारकर्मी संजीव मिश्रका अनुसार एकजना जनप्रतिनिधिले घटना मिलाएर बिहे गराइदिने  दिनभरि प्रयास गरेपनि  असफल भएका थिए।  केटी पक्षधरले दाइजोको १२ लाख रकम फिर्ता लिने अडान राखेका छन् भने केटाको पक्षले बिहेमा खर्च भएको भन्दै पैसा फिर्ता नदिने दाउमा रहेका छन्। 

पर्सा प्रहरी प्रवक्ता डिएस्पी कुमार बिक्रम थापाले घटनाको पुष्टि गरेका छन्। बेहुला र बेहुली पक्षबिच कुटपिट उग्र भएपछि इन्स्पेक्टर केसीको पहलमा साम्य भएको प्रवक्ता थापाले जानकारी दिए। पछिल्लो समय मधेश प्रदेशमा छोरीको बिहेमा जन्ती आउँदा प्रायः मानिसले खानामा माछा दिने गर्दछन्। कतिपय दुईपक्ष बीच खानाको बारेमा के ख्वाउने भनेर पहिल्यै सहमति हुने गर्दछ। 

यसरी बिहेमा माछा न ख्वाउँदा कुटपिट सम्म हुने र बिहेनै बहिष्कार गरी जन्ती फिर्ता हुनु आफैमा अप्रिय घटना भएकाले गाउँका अगुवाहरु पुनः कुनै गाउँमा यस्ता दुःखद घटना नहोस भनेर चनाखो हुनु अथवा चेतना फैलाउनु जरुरी देखिन्छ।

प्रतिक्रिया