झापा गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

झापा । साविक विजेता नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब छैटौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा आर्मीले मच्छिन्द्र फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।
झापाको विर्तामोडस्थित डोमालाल रङ्गशालामा आज भएको खेलमा आर्मीका लागि नवयुग श्रेष्ठ र वसन्त जिम्बाले गोल गरेका थिए । श्रेष्ठले खेलको ६१औँ मिनेटमा तथा जिम्बाले ८०औँ मिनेटमा गोल गरेका थिए । पेनाल्टी एरियामा पाएको बललाई जिम्बाले तीन विपक्षी खेलाडीलाई छक्याउँदै गोल गरेका थिए । आर्मी झापा गोल्ड कपको चारपटकको विजेता टोली हो ।
प्रतियोगितामा पहिलोपटक सहभागी भएको मच्छिन्द्र क्वाटरफाइनलबाटै बाहिरिएको छ । आजको खेलमा म्यान अफ दी म्याच आर्मीका बसन्त जिम्बा भए । उनले रु ११ हजार पुरस्कार प्राप्त गरेका छन् ।
बिहीबार आयोजक झापा–११ तथा एन्फा मकवानपुरबीच क्वाटरफाइनलको खेल हुनेछ । यही फागुन २८ गतेसम्म चल्ने झापा गोल्डकपमा १० टोली सहभागी छन् ।
















President issues Ordinance on Constitutional Council
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
अमेरिकाले कब्जा गरेको इरानी जहाजको चालक दलका १५ सदस्य इरानलाई हस्तान्तरण
वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया