त्रिशूली बस दुर्घटना : एक युवकको शव फेला
मेरोन्यूज
२०८० फागुन २४ गते १३:५४

काठमाडौं । त्रिशूलीमा बस दुर्घटना हुँदा बेपत्ता भएका एक जनाको शव फेला परेको छ।
बिहीबार बिहान साढे ११ बजे सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस आदामघाटबाट खटिएको गोताखोरको टोलीले शव फेला पारेको हो।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनास्थलभन्दा अन्दाजी १५० मिटर तल त्रिशूली नदीबाट शव निकालिएको हो।
मृतक अन्दाजी २०-२५ वर्षीय पुरूष छन्। प्रहरीले उनको शव नदीबाट निकालेर पहिचान खुलाउने काम गरिरहेको छ।
बुधबार रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित सडकबाट सय मिटर तल त्रिशूली नदीमा खसेको थियो।
दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो। ३८ जनालाई उद्धार गरिएको थियो।
सम्बन्धित
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया