सन्त नेता किशुनजीको जीवनबाट सबैले प्रेरणा लिनुपर्छ : उपसभापति खड्का

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सन्त नेता कृष्णप्रसाद भट्टराईको जीवनबाट सबैले प्रेरणा लिनुपर्ने बताएका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेश पार्टी कार्यसमितिले निर्माण गर्न लागेको सन्त नेता कृष्णप्रसाद भट्टराई स्मृति भवनको आज शिलान्यास गर्दै उपसभापति खड्काले किसुनजीको आदर्श, निष्ठा, अनुशासन र आम नेपाली जनताप्रति समर्पित र अनुशासित हुने व्यवहारको अनुसरण गर्नुपर्ने बताएको उनको सचिवालयले जनाएको छ ।
“सामाजिक र राजनीतिक जीवनमा समर्पित भएका मानिसहरुको जीवनपद्धति कस्तो हुनुपर्दछ, उनीहरुको आचार र विचार कस्तो हुनुपर्दछ भन्ने कुरा पार्टीका संस्थापकमध्येका एक सन्त नेता किशुनजीबाट हामीले सिक्नु आवश्यक छ”, उनले भने। मुलुकको जिम्मेवारी लिँदा कसरी जनताप्रति समर्पित भएर काम गर्नु पर्दछ भन्ने अनुपम, अनुकरणीय उदाहरण किसुनजीले दिएर जानुभएको उनको भनाइ छ ।
उपसभापति खड्काले राजनीतिक जीवनको अधिकांश समय आफूले सन्त नेताकै शिक्षा दीक्षामा जोडिन पाएको खुसी व्यक्त गरे । “उहाँकै नाममा भवन निर्माणको सुरुवात गरेको छ”, उनले भने, “कर्णाली प्रदेशको सिङ्गो पार्टी सञ्चालन गर्न र जनताप्रतिको उत्तरदायी हुन यो शुभ अवसरले प्रेरणा दिनेछ ।”

















अन्नपूर्णबाट करिब चार करोड मूल्यबराबरको सुन्तला बिक्री
4 dead in crashes involving over 30 vehicles in ‘brown out’ conditions on Colorado interstate
२२ करोड पैतालिस लाख राजस्व सङ्कलन
Vice President Yadav’s best wishes on Gyalpo Lhosar
Foreign Minister Sharma calls on Bangladeshi PM Rahman
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया