बुधबार, फागुन ६, २०८२

प्रहरी हेडक्वार्टर पुगेर गृहमन्त्रीले भने- नेताको चाकडी गरेको र अपराधीसँग हात मिलाएको देख्नु नपरोस्

मेरोन्यूज २०८० फागुन २७ गते १५:२२

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिन’ प्रहरी उच्च अधिकृतहरुलाई निर्देशन दिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रहरी प्रधान कार्यालय, नक्सालमा आइतबार बिहान निरीक्षण गर्दै उनले आपराधिक गिरोहसँग हात मिलाएको देखे प्रहरीलाई कारबाही हुने चेतावनी दिए ।

प्रहरी कर्मचारी गैर व्यवसायिक गतिविधिमा संलग्न रहेको देखिए हदैसम्मको कारबाही हुने भन्दै उनले थपे, ‘तस्कर, गुण्डा र अपराधीसँग प्रहरी उभिएको र हात मिलाएको दृश्य देख्नु नपरोस् । कुनै नेताको चाकडी गरेको देख्नरसुन्न नपरोस् ।‘

गृहमन्त्री लामिछानेले निष्पक्ष भएर अनुसन्धान र कारबाही गर्न निर्देशन दिँदै त्यसबाट उब्जिने हरेक चुनौतीको सामना आफैं डटेर गर्ने बताए।

‘कुनै पनि घटना वा अपराधको छानबिन वा अनुसन्धान हुँदै गर्दा को प्रतिवादी हुने वा नहुने भन्ने निर्धारण आदेशले होइन प्रमाणले गर्नुपर्छ’ उनले भने, ‘कानूनको नजरमा अनुहार, पद, प्रतिष्ठा, पहुँच होइन प्रमाणको आधारमा निश्पक्ष भएर अनुसन्धान र कारबाही गर्नुहोस्। त्यसबाट उब्जिने हरेक चुनौतीको सामना म आफैं डटेर गर्नेछु।’

गृहमन्त्री लामिछानेले आफू प्रहरी समायोजन र ३० वर्षे सेवा अवधि हटाउने विषयमा स्पष्ट रहेको बताएका छन् ।

प्रतिक्रिया