यस्ताे छ आजकाे तपाईको राशिफल

आजमिति २०८० साल फागुन २९ गते तदअनुसार मार्च १२, सन् २०२४ मंगलवार, शुक्लपक्षको द्वितीया विहान ७:२६ बजेसम्म तत्पश्चात तृतीया तिथि, रेवति नक्षत्र, शुक्ल योग ,मिन राशिमा चन्द्रमा, यो योगमा गरेको सम्पुर्ण कार्य शुभ हुनेछ।
मेष : मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। भाग्यशक्ति कमजोर भएको अनुभूति हुनेछ। आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ।
. शुभ रंग: कालो
- शुभ अंक – ७
वृष : आँटे-ताकेको कार्य पूरा होला। रमाइलो यात्रा हुने तथा मानसम्मान मिल्नेछ। शुभ समाचार सुन्न पाइने र शुभकार्यको चर्चा चल्नेछ। धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ तर स्वास्थ्यप्रति भने सतर्कता अपनाउनु पर्छ।
- शुभ रंग: रातो
- शुभ अंक : ७
मिथुन : शुभकार्यको चर्चा चल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। नयाँ कार्यको योजना बन्नेछ। सेयरको कारोबारमा फाइदा हुन सक्छ। साँझमा अनावश्यक ठाउँमा धन खर्च होला। खानपान र स्वास्थ्यप्रति सजग रहनु होला।
- शुभ अंक – ९
- शुभ रंग : हरियो
कर्कट : जोस, जाँगर र हिम्मत बढ्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। स्वादिष्ट भोजन पाइनेछ तर स्वास्थ्यप्रति खर्च बढ्न सक्छ। विगतका गलत निर्णयले काममा चुनौती र झमेला आउने देखिन्छ।
. शुभ रंग: बैजनी
- शुभ अंक – ८
सिंह : गरेका काममा ढिलासुस्ती हुनेछ। पुरानो रोगले दुस्ख दिन सक्छ। झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। मन्दिरको दर्शनले मन शान्त रहला। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला।
- शुभ रंग: रातो
- शुभ अंक – ३
कन्या : कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ। मानसम्मान र पद प्रतिष्ठामा वृद्धि होला। नयाँ र शुभ कार्यको चर्चा चल्नेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।
- शुभ रंग: हरियो
- शुभ अंक – २
तुला : चिताएको कामले तीव्रता लिनेछ। राजनीतिक कार्यमा सफलता मिल्ला। खेल र मनोरञ्जनमा सहभागी भइएला। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। नियमित खर्च बढ्ने योग छ सचेत रहनु होला।
- शुभ रंग: सेतो
- शुभ अंक – ७
वृश्चिक : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। मित्र र विशिष्ट व्यक्तिको सहयोग पाइनेछ।
- शुभ रंग: पहेलो
- शुभ अंक – ८
धनु : मनमा दुबिधा उत्पन्न हुने र मानसिक चिन्ता बढ्नेछ। नाक तथा घाँटीमा समस्या आउन सक्छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ। आफन्तको भने साथ र सहयोग मिल्नेछ।
- शुभ रंग: चादी
- शुभ अंक – ९
मकर : पर्यटनको क्षेत्रबाट लाभ लिन सकिनेछ। शुभकार्यको चर्चा चल्नेछ। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर प्राप्त हुनेछ।
- शुभ रंग: वैजनी
शुभ अंक – ४
कुम्भ : भाग्यले विभिन्न अवसर जुराउनेछ। मित्रसँग भेटघाट हुनेछ र रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। धनार्जनका नयाँ स्रोतमा विचार बढ्नेछ। परीक्षा र प्रतिस्पर्धामा सफलता मिल्नेछ।
शुभ रंग: रातो
- शुभ अंक – १
मीन : चिताएको कामले तीव्रता लिनेछ। प्रेम सम्बन्धको कोपिला फक्रनेछ। आँटेको र ताकेको कार्यमा ढिलाइ भए पनि पूरा नै होला। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। रोकिएको वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।
. शुभ रंग: निलो
- शुभ अंक – २














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया