दुग्ध किसानको बक्यौता तिर्न तत्काल रकम निकासा गर्दै अर्थ मन्त्रालय
मेरोन्यूज
२०८० चैत २ गते १४:२२

काठमाडौं । अर्थ मन्त्रालयले दुग्ध किसानको बक्यौता भुक्तानीका लागि शुक्रबार वा आइतबारसम्म दुग्ध विकास संस्थान (डीडीसी) लाई रकम भुक्तानी दिने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले शुक्रबार राजस्व सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्कालै दूध किसानको बक्यौता भुक्तानी हुने गरी रकम निकासा गर्न निर्देशन दिएका हुन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको पहलमा अर्थमन्त्रालयसँगको छलफलपछि तत्काललाई दुग्ध विकास संस्थानलाई ३० करोड रकम निकासा दिने सहमति भएको छ । साेही अनुसार सरकारले हालका लागि यो रकम भुक्तानी दिन लागेकाे हाे ।
लामो समयदेखि सरकारले दूधको बक्यौता भुक्तानी नगरेपछि किसान आन्दोलित छन् ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया