कोशी प्रदेश : क्रिकेट प्रतियोगिताको उपाधि आर्मीलाई

बेलबारी (मोरङ) । विराटनगरमा जारी कोसी प्रदेश टी–२० च्याम्पियन सिपको उपाधी त्रिभुवन आर्मी क्लबले हात पारेको छ ।
आर्मीले रु पाँच लाखसहित ट्रफी हात पारेको छ । त्यसैगरी उपविजेता कर्णाली प्रदेशले रु तीन लाखमा चित्त बुझाएको छ । आज भएको खेलमा आर्मी क्लबले कर्णाली प्रदेशलाई नौ विकेटले पराजित गरेको छ । जारी सिजनमा तेस्रो पटक फाइनलमा प्रवेश गरेको आर्मीले पहिलो उपाधि चुमेको हो । यसअघि आर्मी क्लब प्रधानमन्त्री कपमा नेपाल पुलिस र केपी ओली कपमा मधेस प्रदेशसँग पराजित भएको थियो ।
कोशी प्रदेश ट्रफीको पहिलो संस्करणको उपाधि हात पार्ने क्रममा टस हारेर आर्मीले फिल्डिङको निम्तो पाएको थियो । यस क्रममा कर्णाली प्रदेशले २० ओभरमा अल आउट हुँदै एक सय १० रनको योगफल तयार पारेको थियो । आक्रमक सुरूआत गरेको कर्णालीका लागि विपिन रावलले २७ र क्याप्टेन रविन्द्र शाहीले २१ रन बनाए । पहिलो विकेटमा कर्णालीले ३३ रनको साझेदारी गरेको थियो । दिनेश अधिकारीले १२ रन बनाए । कर्णालीलाई धरासायी बनाउने क्रममा आर्मीका त्रितराज दास, वसिर अहमद, सहाव आलम र सुमित श्रेष्ठले समान दुई÷दुई विकेट लिए ।
आर्मीले निर्धारित लक्ष्य १२ दशमलव दुई ओभरमा एक विकेटको नोक्सानीमा पूरा गरेको थियो । लक्ष्य पछ्याउने क्रममा आर्मीका ओपनर सन्तोष कार्की र इमरान शेखले २५ रनको साझेदारी गरेका थिए। सन्तोष २१ रनमा क्याच भएपछि मैदानमा प्रवेश गरेका त्रितराज दासले आक्रमक शैलीमा जित सुनिश्चित गरे ।
आर्मीको जितमा शेखले ३० बलमा अविजित ३८ र त्रितराजले ३३ बलमा ५० रन बनाए । च्याम्पियनसिपमा पहिलो अर्धशतक बनाएका दासले दुई छक्का र पाँच चौका प्रहार गरेका थिए । च्याम्पियनसिपमा ‘प्लेयर अफ दि टुर्नामेन्ट’ र ‘प्लेयर अफ द फाइनल’को पुरस्कार आर्मीका दासले हासिल गरे ।
विजेता टोलीलाई कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पुरस्कार वितरण गरेका थिए । गत फागुन २२ गतेबाट सुरू भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेशको सहभागिता रहेको आयोजक नेपाल क्रिकेट सङ्घ मोरङका अध्यक्ष मोहम्मद साद कुरैसीले जानकारी दिए ।
















ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
यस्तो छ राष्ट्रियसभा उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा
अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, नेप्से ८३ अंकले बढ्यो
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया