डिआईजी पोखरेलद्वारा जिल्ला प्रहरी कार्यालय पर्सा निरीक्षण

बिरगंज। मधेश प्रदेश प्रमुख प्रहरी डिआईजी यज्ञबिनोद पोखरेलले जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण गरेका छन्।
मधेश प्रदेश प्रमुखको रूपमा जिम्मेवारी सम्भाले पछि पहिलो पटक आइतबार डिआईजी पोखरेलले जिल्ला प्रहरी कार्यालय पर्सासँगै मातहतका प्रहरी कार्यलय तथा इकाईहरू निरीक्षण गरेका हुन्।
प्रहरी कार्यालयहरुबाट हुनेगरेको सेवाप्रवाह तथा शान्ती सुरक्षाको अवस्था बारेमा जानकारी लिएका थिए। आपराधिक क्रियाकलाप नियन्त्रण, चोरी तस्करी देखि नागरिकको शान्ती सुरक्षामा कुनै किसिमको सम्झौता नगर्न निर्देशन दिएका थिए।
साथै प्रहरी अधिकारी लाई कसैको प्रभावमा नपरी पूर्ण ईमान्दारीसाथ आआफ्नो दायित्व जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी कुमोद ढुङ्गेलले डिआईजी पोखरेललाई पुष्पगुच्छा प्रदान गरी स्वागत गरेका थिए। एसपी ढुंगेलले पर्सा जिल्लाको ताजा अवस्था तथा सुरक्षा अवस्था बारे जानकारी गराएका थिए।
जिल्ला प्रहरी परिसरमा रहेको कन्ट्रोल तथा मोनिटरीङ् रुमबाट वीरगञ्ज शहरमा भएका सिसिटीभि क्यामरामार्फत शहरको समेत निरीक्षण गरेका थिए।
















रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया