आइतबार, फागुन ३, २०८२

बारा र पर्साका सरोकालवालासँग राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण सम्बन्धी अन्तरक्रिया

मेरोन्यूज २०८० चैत १० गते ११:२९

बारा । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सरोकारवालासँग ‘राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण’ सम्बन्धी अन्तरक्रिया गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

शुक्रबार पर्सा जिल्लाको विरगंज महानगरपालिका–४ बिर्तास्थित विरगंज उद्योग वाणिज्य संघको सभाहलमा महानिरीक्षक अर्यालले राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण र चोरीपैठारी निकासी नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपालको कर्तव्य, जिम्मेवारी र सीमा सुरक्षामा सीमा वासीहरुको सहयोगको बारेमा छलफल गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा महानिरीक्षक अर्यालले राजश्व चुहावट नियन्त्रण गरी राजश्व बढाउने बिषयमा सरोकारवाला सबैको सहकार्य र समन्वय जरुरी रहेको बताएका थिए ।

यस्तै पर्सा तथा बारा जिल्लाका प्रमख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष, भन्सार अधिकृत र राजश्व अनुसन्धान कार्यालयका प्रमुखहरुले समेत आ–आफ्नो धारणा समेत राखेका थिए ।

कार्यक्रममा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी उपरीक्षक स्व। सुमन थपलियाको स्मृतीमा निर्माण गरिएको वाटर फाउन्टेन (Water Fountain)को समेत उद्घाटन गरेका थिए ।

त्यसैगरी सीमा सुरक्षा बिभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलको प्रमुख आतिथ्यमा सोही जिल्लाको छिपरमाई गाउँपालिका–५ छोटी भन्सार कार्यालय भिष्वामा नं. १३ गण पर्साको आयोजना तथा प्रभु अस्पताल एण्ड रिसर्च प्रा।ली। विरगंज र सामुदायिक आँखा उपचारकेन्द्र पर्साको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।

सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत संचालन गरिएको स्वास्थ्य शिविरमा महिला, पुरुष, बृद्धबृद्धा तथा बालबालिका गरी कुल ६ सय ३ जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।

त्यसैगरी नं. १३ गण पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्यले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सर्वसाधारणहरुको लागि निर्माण गरिएको चापाकलको समेत उद्घाटन गरेका थिए ।

कार्यक्रममा नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह, उद्योग वाणिज्य संघका पदाधिकारीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीय भद्रभलाद्भी र संचारकर्मीहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया