बैतडीमा टिप्पर दुर्घटना
मेरोन्यूज
२०८० चैत १० गते २०:५४

बैतडी । बैतडीमा टिप्पर दुर्घटना भएको छ। पाटन नगरपालिका–८ तल्लो अनारखोलीमा खोड्पे–डडेल्धुरा सडकखण्डमा टिप्पर दुर्घटना भएको हो।
बिफ्याकटालबाट डडेल्धुरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ क २०१३ नम्बरको टिप्पर शनिवार दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। टिप्पर सडकबाट अन्दाजी ३० मिटर तल खसेको र टिप्परमा क्षति पुगेको बताइएको छ।
टिप्परका चालक दार्चुलाको लेकम गाउँपालिका १ का ४० वर्षीय अम्मर साउँद भने सकुशल रहेका प्रहरी निरीक्षक केसीले बताए। उकालोमा ब्रेक नलागेपछि टिप्पर सडकबाट खसेको हो।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
प्रतिक्रिया