बैतडीमा टिप्पर दुर्घटना
मेरोन्यूज
२०८० चैत १० गते २०:५४

बैतडी । बैतडीमा टिप्पर दुर्घटना भएको छ। पाटन नगरपालिका–८ तल्लो अनारखोलीमा खोड्पे–डडेल्धुरा सडकखण्डमा टिप्पर दुर्घटना भएको हो।
बिफ्याकटालबाट डडेल्धुरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ क २०१३ नम्बरको टिप्पर शनिवार दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। टिप्पर सडकबाट अन्दाजी ३० मिटर तल खसेको र टिप्परमा क्षति पुगेको बताइएको छ।
टिप्परका चालक दार्चुलाको लेकम गाउँपालिका १ का ४० वर्षीय अम्मर साउँद भने सकुशल रहेका प्रहरी निरीक्षक केसीले बताए। उकालोमा ब्रेक नलागेपछि टिप्पर सडकबाट खसेको हो।
सम्बन्धित
















बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया