राष्ट्रिय खुला तेक्वान्दो बैशाख २ गते

काठमाडौं । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता बैशाख २ गते हुने भएको छ ।
नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) को सह आयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को सहयोगमा हुन लागेको प्रतियोगितामा ६ सय बढी खेलाडीको सहभागिता रहने तेक्वान्दोका मुख्य प्रशिक्षक एवं अन्तर्राष्ट्रिय निर्णायक नवीनकुमार श्रेष्ठले जनाएका छन् ।
क्योरोगी र पुम्सेमा गरी जम्मा ४४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । क्योरोगीको सिनियर पुरुष÷महिलामा समान ६–६ गरी १२ स्पर्धामा खेल हुनेछ । क्योरोगीकै जुनियर पुरुष/महिलामा समान १०–१० गरी २० स्पर्धामा भिडन्त हुनेछ । पुम्सेको व्यक्तिगत, समूहगत र पेयरमा १२ स्पर्धामा खेलाडीले कौशल प्रदर्शन गर्ने छन् ।
प्रतियोगिता दक्षिण कोरियाको सिओलमा अगष्ट २३ देखि २४ तारिखसम्म हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) का लागि खेलाडी छनोटको आधार समेत रहेको छ । समान ३–३ पुरुष/महिला गरी जम्मा ६ खेलाडी दक्षिण कोरियामा हुने प्रतियोगिताका लागि छनोट हुने छन् ।
व्यक्तिगत पुम्सेबाट १–१ पुरुष/महिला खेलाडी छानिने छन् । सिनियरको स्पर्धाबाट समान २–२ पुरुष÷महिला गरी ४ खेलाडीले दक्षिण कोरियाको टिकट पक्का गर्ने छन् । सिनियर तौलसमूहका स्वर्ण विजेतालाई ओलम्पिक तौलसमूहमा विभाजन गरी पुनः प्रतिस्पर्धा गराइने छ । त्यो प्रतिस्पर्धामा समान २–२ पुरुष÷महिला स्वर्ण विजेताले दक्षिण कोरियामा हुने प्रतियोगितामा सहभागिताको अवसर पाउने छन् ।
छनोट हुने ६ खेलाडीले जनही ५० हजार नगद पुरस्कार पाउने छन् । शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट प्रशिक्षक र निर्णायकलाई पनि जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ ।
एकदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । ६ वटा एरिना तयार गरी खेल खेलाइने मुख्य प्रशिक्षक श्रेष्ठले जानकारी गराए । प्रतियोगिता सञ्चालन गर्न ५० निर्णायक परिचालन गरिने बताइएको छ ।
राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी रेफ्री रिफ्रेसर कोर्स पनि शनिबार सम्पन्न भएको छ । पेप्सीकोलास्थित कोटेश्वर तेक्वान्दो डोजाङमा भएको रेफ्री रिफ्रेसर कोर्स अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले सञ्चालन गरेका थिए ।
















आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया