बुटवलमा एकहप्ते विधागत पत्रकारिता तालिम सुरु

बुटवल । बुटवलमा एकहप्ते विधागत पत्रकारिता तालिम सुरु भएको छ ।
सोमबार एक कार्यक्रमबीच बुटवल उममहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा आयोजित विधागत पत्रकारिता तालिमको उद्घाटन गरे ।
तालिमको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेले पत्रकारले सरकारलाई खरवदारी गर्नुपर्ने र नराम्रा पक्षहरु उठान गरिदिनुपर्ने बताए । ‘बुटवल उपमहानगरको विकास र समृद्धि नै हामी सबैको चाहाना हो,’ उनले भने, ‘हामीले काम गर्दैगर्दा भए गरेका कमजोरी औल्याइदिएर संचार जगतले हामीलाई सहयोग गरोस भन्ने हामी चाहान्छौं ।’
बुटवललाई सुन्दर, सफा र हरियाली बनाउने योजना सहित बुटवल उपमहानगरपालिका अगाडि बढेको उल्लेख गर्दै उनले भने, “बुटवलको बजार व्यवस्थित गराउने उद्देश्यले सडक व्यवस्थापन, सुरक्षाका लागि बजार क्षेत्रहरुमा आवश्यक सिसिटिभी जडान, उज्यालो शहरको रुपमा विकास गर्न, हाईमस्ट लाइट जडान, छाडा चौपाया व्यवस्थापन लगायत बिभिन्न अवधारणा सहित हामीले काम गरेको छौं ।’
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीका संयोजक निर्मल जिसीले पत्रकारिताको मिसन र आचारसंहितामा रही समाचार सम्प्रेषण गर्न अनुरोध गरे । उनले भने, ‘पत्रकारिता कुनै दल वा नेताको पछि लाग्नु हुँदैन, आफु नजिकैको नेता वा दलका गलत गतिविधिलाईसमेत जनता सामु पुर्याउनुपर्ने दायित्वबाट पत्रकारिता विमुख हुनुहुदैन ।’ पत्रकारले गरिब सर्वहारको पक्षमा कलम चलाउनु पर्नेमा कपिपेस्टका कारण पत्रकारिता पेशा नै धरापमा परेकोले यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने उनको भनाई छ ।
त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकारले पत्रकारिताको मर्म र मर्यादालाई ख्याल गनुपर्नेमा जोड दिए । क्षमता अभिवृद्धि तालिमले पत्रकारको क्षमता विकास गर्दै समाजले पत्याउने पत्रकार उत्पादन गर्नु अहिले आवश्यकता रहेको उनले बताए ।
कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय उपमहासचिव यानेन्द्र जिसी, प्रदेश अध्यक्ष मानसिंह विक, अग्रज पत्रकार मदनलाल पौडेल लगायतले बोलेका थिए ।
बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा संचालित तालिम ७ दिनसम्म संचालन हुने प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष बिष्णु पोखरेल जानकारी दिए । तालिममा विभिन्न संचार माध्यममा आवद्ध ३० जना पत्रकार सहभागी छ ।

















नेपाल सरकारले म्यान्मारलाई सहायता रकम हस्तान्तरण
परराष्ट्रमन्त्री बङ्गलादेश भ्रमणमा जाँदै
गाजाका लागि पाँच अर्ब डलर सहयोग गर्ने ट्रम्पको प्रतिबद्धता
EC receives 66 complaints of code of conduct violation
सुदूरपश्चिमका सात जिल्ला कारागारमा सुरक्षार्थ सेना परिचालन
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
एक थान पेस्तोल र ४ राउन्ड गोलीसहित एक जना पक्राउ
प्रतिक्रिया