धनगढी–दिपायल द्रुतमार्ग धमाधम कालोपत्र हुँदै

गोदावरी । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ । सो सडकअन्तर्गत धनगढी–स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो ।
सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले रु २५ करोड बजेट विनियोजन गरेपछि कालोपत्रको काम पनि प्रारम्भ गरिएको सडक आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाले बताए । उक्त सडकखण्ड एक महिनाभित्रै कालोपत्र सम्पन्न हुने गरी धमाधम काम भइरहेको उनले जानकारी दिए ।
धनगढी–स्याउले सडकखण्डको १३ दशमलव ४ र दिपायलको तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रका लागि २०७८ साल वैशाखमा सम्झौता भएको थियो । हाल डोटीको दिपायल तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र भइरहेको छ ।
आयोजनाअन्तर्गत कैलालीमा ८० प्रतिशत र डोटीमा ६५ प्रतिशत कालोपत्रको काम पूरा भएको छ । धनगढी–स्याउले सडक खण्डमा खड्का–कृष्ण–नारायण–बगलामुखी जेभीसँग २०७८ मा पिपलचौतारादेखि स्याउले महेन्द्र राजमार्गभन्दा तीन किलोमिटर अगाडि १३ दशमलव ४ किलोमिटरमा कालोपत्र गर्न भ्याटबाहेक रु १६ करोड ४० लाखमा सम्झौता भएको इन्जिनियर रैखोलाले बताए ।
















आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया