किसानलाई धान उत्पादनमा प्रोत्साहित गर्दै ‘आरजु राइस मिल’

काठमाडौँ । नेपाली किसानलाई धानखेतीमा प्रोत्साहित गर्दै उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउने उद्देश्यले आरजु राइस मिलले विभिन्न ब्राण्डका चामल बिक्री वितरण सुरु गरेको छ ।
स्थानीय किसानसँगको सहकार्यमा नेपाली किसानको पहिलो व्यावसायिक उत्पादन ‘प्रिमियम वास्नादार चामल’ बजारमा ल्याएको कम्पनीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । सुवासी जातको धानको प्रिमियम वास्नादार चामल ‘एभरेष्ट’ को बजार मूल्य रु एक सय ७५ कायम गरिने कम्पनीले उल्लेख गरेको छ । यसअघि कम्पनीले मन्सुली तथा लोकल प्रिमियम चामल बिक्री वितरण गर्दै आएको छ ।
आरजु राइस मिलका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले नेपाली किसानले उत्पादन गरेको धानमात्रै खरिद गरेर आफ्नै मिलमार्फत् चामल उत्पादन र बजारीकरण गर्ने गरी कम्पनीले बजारमा नयाँ चामल ल्याएको बताए। “नेपाली धानको उत्पादन प्रवर्द्धन र बजारीकरणका साथै किसानलाई यस क्षेत्रमा प्रोत्साहित गर्न कम्पनीले गुणस्तरीय चामल उत्पादन गरेको हो । किसानलाई कृषि उत्पादनमार्फत् राष्ट्रिय आर्थिक समृद्धिमा समान सहभागिता जनाउने पनि अर्को उद्देश्य रहेको छ”, बुद्ध एयरका कार्यकारी अध्यक्षसमेत रहेका बस्नेतले भने ।
किसानलाई निर्बाहमुखीबाट व्यावसायिकतातर्फ लैजाने उद्देश्यले कम्पनीले आफ्नै धानखेती र मिलमार्फत विभिन्न वास्नादार चामल उत्पादन सुरु गरेको जनाएको छ । मिलका बजार निर्देशक वसन्त ढुङ्गानाले किसानलाई प्रोत्साहित गर्दै उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउने लक्ष्यका साथ वास्नादार चामल उत्पादन गरिएको बताए ।
मोरङको डाँगीहाटमा रु ५० करोडभन्दा बढीको लगानीमा स्थापना गरिएको आरजु राइस मिलले मोरङ, सुनसरी र झापामा गरी चार हजारभन्दा बढी किसानको सहकार्यमा विभिन्न जातका धान उत्पादन गर्दै आएको जनाएको छ ।
किसानका लागि रोपाइँभन्दा अगाडि नै मिलले धानको न्यूनतम् समर्थन मूल्य तोक्ने गरेको र किसानले धान मिलमा ल्याएको दुई दिनभित्रै अनलाइन बैंकिङ माध्यमबाट भुक्तानी दिने व्यवस्था गरेको छ ।

















नेपाल सरकारले म्यान्मारलाई सहायता रकम हस्तान्तरण
परराष्ट्रमन्त्री बङ्गलादेश भ्रमणमा जाँदै
गाजाका लागि पाँच अर्ब डलर सहयोग गर्ने ट्रम्पको प्रतिबद्धता
EC receives 66 complaints of code of conduct violation
सुदूरपश्चिमका सात जिल्ला कारागारमा सुरक्षार्थ सेना परिचालन
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
कांग्रेसले चुनावी प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने
प्रतिक्रिया