नेपाल नेत्रज्योति सङ्घको अध्यक्षमा पुनः प्रा डा पन्त

भरतपुर । नेपाल नेत्रज्योति सङ्घको अध्यक्ष पदमा प्रा डा चेतराज पन्त पुनः निर्वाचित भएका छन्। भरतपुरको चितवनमा हालै सम्पन्न २८ औं केन्द्रीय सभा तथा अधिवेशनले उहाँलाई दोस्रो कार्यकालका चयन गरेको हो।
नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाको आतिथ्यतामा यही चैत्र २३ र २४ गते सम्पन्न अधिवेशनले प्राडा पन्तको नेतृत्वमा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन समेत गरेको छ। सङ्घको विधानबमोजिम २७ सदस्यीय कार्यसमितिमध्ये एक जना अध्यक्ष, १२ जना खुला सदस्य र दुई जना महिला सदस्य गरी १५ सदस्य अधिवेशनमार्फत निर्विरोध निर्वाचित भएका हुन्।
त्यस्तै सदस्य पदमा कृष्णकुमार गिरी, चिजकुमार मास्के, दिव्यप्रसाद पन्त, द्रोणप्रसाद गुरागाई, डा नन्द श्रेष्ठ, नरबहादुर रोकाया, पद्मनारायण चौधरी, विष्णुदत्त जोशी, श्यामकुमार पोखरेल, भरतबहादुर चन्द, भागवत राउत, वरिष्ठ अधिवक्ता हरिप्रसाद शर्र्मा, मन्जु कँडेल र प्रा डा. सविना श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचित सदस्यमध्ये बाट नै पदाधिकारीको कार्यविभाजन गर्ने व्यवस्थाबमोजिम अधिवेशनलगत्तै बसेको केन्द्रीय समिति बैठकले सङ्घको वरिष्ठ उपाध्यक्षमा पोखरेल, महासचिवमा चन्द र कोषाध्यक्षमा मास्केलाई जिम्मेवारी तोकिएको छ।
त्यस्तै सङ्घका सातवटै प्रदेशका प्रदेश सभापति केन्द्रीय कार्यसमितिको पदेन उपाध्यक्ष रहने व्यवस्थाबमोजिम कोशी प्रदेश सभापति श्यामसुन्दर उदास, मधेश प्रदेश सभापति रवीन्द्रलाल चौधरी, बागमती प्रदेश सभापति ऋषिराम पौडेल, गण्डकी प्रदेश सभापति प्रा डा दिलबहादुर क्षेत्री, लुम्बिनी प्रदेश सभापति सागरप्रताप राणा, कर्णाली प्रदेशका सभापति तिलकबहादुर मल्ल र सुदुरपश्चिम प्रदेश सभापति चक्रबहादुर सिंह केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा चयन भएका छन् भने बाँकी सदस्य केन्द्रीय समितीले मनोनीत गर्ने सङ्घले जनाएको छ।
सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, १५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखा सञ्चालनमा छन्। स्थापनादेखि हालसम्म सङ्घको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ।
त्यस्तै सभाले महासचिव र कोषाध्यक्षको प्रतिवेदन, गत आवको लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्तिको प्रस्तावसमेत पारित गरेको छ।

















परराष्ट्रमन्त्री बङ्गलादेश भ्रमणमा जाँदै
गाजाका लागि पाँच अर्ब डलर सहयोग गर्ने ट्रम्पको प्रतिबद्धता
EC receives 66 complaints of code of conduct violation
सुदूरपश्चिमका सात जिल्ला कारागारमा सुरक्षार्थ सेना परिचालन
झापाबाट जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
एक थान पेस्तोल र ४ राउन्ड गोलीसहित एक जना पक्राउ
प्रतिक्रिया