आइतबार, असोज २७, २०८१

शरीर जोडिएका दिदीबहिनी : एउटीले गरिन् विहे, अर्की अझै सिंगल

मेरोन्यूज २०८० चैत २९ गते १४:११

जन्मजात शरीर जोडिएका जुम्ल्याहा दिदीबहिनीमध्ये एकको विवाह भएको छ । यी दुईको नाम एबी हेन्सेल र ब्रिटनी हेन्सेल हो। जसमध्ये एबी हेन्सेलले पूर्व सैनिक जोस बोलिङसँग विवाह गरेकी हुन् ।

वास्तवमा, उनीहरूले २०२१ मा विवाह गरेका थिए। तर यसको खुलासा अहिले भएको हो ।

३४ वर्ष नाघेका यी दुई दिदीबहिनी एबी र ब्रिट्नी सन् १९९६ मा ओपरा विन्फ्रे शो मा अतिथिको रुपमा आएपछि उनीहरुको चर्चा संसारभर भएको थियो । त्यसपछि, उनीहरुको आफ्नै टिएलसी रियालिटी शो आयो, जसमा उनीहरुले आफ्नो दैनिक जीवन साझा गर्न थाले।

एबी हेन्सेलको एउटा भिडियो अहिले भाइरल भइरहेको छ जसमा उनी विवाहको पोशाकमा देखिएकी छिन् । उनको साथमा उनका दुलहाले उभिएका छन्। भिडियोमा दुवैले एकअर्काको हात समातेर नाचिरहेको देख्न सकिन्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुुसार दुवै दिदीबहिनीले अमेरिकाको मिनेसोटामा बालबालिकालाई पढाउँछन् । उनीहरु यही ठाउँमा हुर्किएका थिए ।

एबीले अब आफ्नो प्रेमी जोस बोलिङसँग विवाह गरिसकेकी छिन्। ब्रिटनी भने अविवाहित छन् ।

एबी र ब्रिटनी डाइसफ्यालसका कारण एउटै शरीरमा टाँसिएका छन्। जुम्ल्याहा भएकाले दुवैको कम्मर मुनिको एलार क्षेत्र फरक–फरक काम गर्छ । एबीसँग दाहिने हात र खुट्टा नियन्त्रण गर्ने क्षमता छ, ब्रिटनीले बायाँ छेउलाई नियन्त्रण गर्छिन्।

एबी र ब्रिटनीका आमाबाबु, प्याटी र माइक हेन्सेलले उनीहरूलाई अलग गर्नका लागि शल्यक्रिया गर्न अस्वीकार गरेका थिए किनभने त्यसो गर्नाले उनीहरु बाँचने सम्भावना कमै थियो ।

प्रतिक्रिया