नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने व्यवसायीकाे घोषणा
मेरोन्यूज
२०८० चैत २९ गते १७:२७

काठमाडौं । नयाँ वर्ष वैशाख १ गते देखि दरबारमार्ग र ठमेल क्षेत्रलाई २४ सै घण्टा खुल्ला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् ।
बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालन हुने घोषणा गरेका हुन् ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले दरबारमार्ग र ठमेल चौबिसै घण्टा व्यवसाय सञ्चालन गर्दा आर्थिकरूपमा चलायमान र थप रोजगारी सिर्जना हुने बताए । उनले अहिले ठमेलमामात्रै आठ हजार भन्दा बढी व्यवसायमा ६० हजारले रोजगारी पाएको बताए ।
विदेशी पर्यटकलाई शान्ति सुरक्षा प्रदान गरि २४ घण्टा व्यवसाय सञ्चालन गर्न सकिने अध्यक्ष शर्माको भनाइ छ ।
सम्बन्धित
















आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँः संयोजक दाहाल
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
प्रतिक्रिया