महाधिवेशन प्रतिनिधि परिषद्को तयारीमा एमाले

काठमाडौँ । यही वैशाख ८ र ९ गते लतिपुरको गोदावरीमा हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी तीव्ररुपमा भएको छ ।
नेकपाको ७५औँ स्थापना दिवसका अवसरमा विशेष कार्यक्रमसहित महाधिवेशन प्रतिनिधि परिषद् बैठक हुन लागेको हो ।
सो कार्यक्रमका लागि उपमहासचिव विष्णु रिमालका संयोजकत्वमा गठित व्यवस्था समितिले बैठक र छलफल गरेर व्यवस्थापकीय तयारी गरेको छभने पार्टीको सचिवालयले बैठकले सोका लागि साङ्गठनिक, विधान र राजनीतिक प्रतिवेदनसँग सम्बन्धित काम गरिरहेको छ ।
समितिको पहिलो बैठकमा पार्टीका महासचिव शङ्कर पोखरेलले तयारीका काम चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ ।
व्यवस्थापन समितिमा नेताहरु लालबाबु पण्डित, काशिनाथ अधिकारी, डा राजन भट्टराई, राजेन्द्र गौतम, विनोद श्रेष्ठ, माधव ढुङ्गेल, डा भीष्म अधिकारी, गगन विष्ट, विनोद पाण्डे, लोकबहादुर भण्डारी, अश्गर अली, महेन्द्र श्रेष्ठ र राजेन्द्र श्रेष्ठ सदस्य रहेका छन्।
















चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
प्रतिक्रिया