एसीसी प्रिमियर कपमा ओमानले युएईलाई हरायो
मेरोन्यूज
२०८१ वैशाख ४ गते ८:४०

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आयोजक ओमानले युएईलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा ओमानले युएईलाई ९ विकेटले पराजित गरेको हो ।
बर्षाले प्रभावित भएको सो खेल १५-१५ ओभर खेलिएको थियो ।
युएईले दिएको १४३ रनको लक्ष्य पछाएको ओमानले १२.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गर्दै युएईले १५ ओभरमा ५ विकेट गुमाउदै १४२ रन बनाएको थियो ।
त्यस्तै गएराती नै सम्पन्न खेलमा कुवेतले बहराइनलाई २६ रनले पराजित गरेको छ ।
योसँगै समुह बि मा ओमान अपराजित रहदै ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा छ भने कुवेत ३ खेलमा ४ अंकसहित दोस्रो र युएई ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै बहराइनले तिनै खेलमा हार बेहोरेको छ भने कम्बोडियाले २ खेलमा हार बेहोरेको छ ।
सम्बन्धित
















नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया