एसीसी प्रिमियर कप
साउदी अरेबियालाई हराउँदै नेपाल सेमिफाइलनमा

काठमाडौँ । नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो ।
साउदी अरबले दिएको ७४ रनको लक्ष्य पछाएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्याे । नेपालका लागि गुलशन झाले सर्बाधिक ३२ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १७ रन बनाएका थिए त्यस्तै कप्तान रोहित पौडेलले अविजित १६ रन बनाए ।
यस अघि टस हारेर पहिला ब्याटिङ गरेको साउदी अरेबियाले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको थियो ।
गएराती आएको बर्षाका कारण पिचमा समस्या भएपछि आजकाे खेल ८-८ ओभर खेलाइएको थियो ।
यो जितपछि नेपाल समुह ए मा ४ खेलमा चारै खेल जितेर ८ अंकसहित समुह बिजेता बनेर सेमिफाइनलमा पुगेको छ । अब नेपालले समुह बि को उपविजेतासँग सेमिफाइनलमा खेल्ने छ ।
यो हारसँगै साउदी अरेबिया भने प्रतियोगिताबाट बाहिरिएको छ । साउदी अरेबिया पराजित भएसँगै समुह ए बाट हङकङ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा हङकङले समुह बि को विजेतासँग खेल्ने छ । समुह बि को समुह चरणका अन्तिम खेल पनि आज हुँदै छन् ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया