२६ वर्षपछि मानब बेचबिखन मुद्दाका दोषी पक्राउ

त्रिशूली (नुवाकोट) । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर गाउँपालिका–४ का जङ्गबहादुर तामाङ (राम)लाई प्रहरीले २६ वर्षपछि पक्राउ गरेको छ ।
यहाँको एक महिलालाई भारतमा लगेर बिक्री गरेको पुष्टि भएसँगै मकवानपुर जिल्ला अदालतबाट ९ वर्ष ७ महिना १० दिन कैद सजाय तोकिएका तामाङलाई नुवाकोट प्रहरीले आज पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा उनलाई जिल्लाको तादी गाउँपालिका–४ सातबिसेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उनको अनुसार मकवानपुर जिल्ला अदालतले तामाङलाई विसं २०५५ माघ १९ मा ९ वर्ष ७ महिना १० दिनको कैद सुनाएको थियो । उक्त फैसला हुनुअघि देखि नै फरार रहँदै आएका उनलाई शुक्रबार पक्राउपश्चात् नुवाकोट जिल्ला अदालतबाट फैसला कार्यान्वयनका लागि आज जिल्ला कारागार चलान गरिएको छ ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया