वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा ४ खेलाडी थपिए

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजका लागि चार खेलाडी थपेको छ । क्यानका सचिव पारस खड्काले विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बमलाई टोलीमा समावेश गरिएको जानकारी दिए ।
यसअघि नेपालले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको थियो । जसमा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव र आकास चन्द रहेका छन् ।
मुख्य प्रशिक्षक मोन्टी देशाइले वेस्ट इन्डिज ‘ए’ को खेल विश्वकपको तयारीका लागि निकै राम्रो अवसर हुने बताएका छन् ।
टी-२० सिरिजको पहिलो खेल शनिबार हुनेछ भने दोस्रो खेल आइतबार हुने छ । तेस्रो खेल वैशाख १६ गते, चौथो २० गते र अन्तिम खेल २२ गते हुने क्यानले जनाएको छ ।















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया