वेष्ट इन्डिज ए माथि नेपालको शानदार जित

काठमाडौँ । नेपालले वेष्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले पराजित गरेको हो ।
वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार ११२ रनको शतकीय पारी खेलेका थिए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरेका थिए ।
यसअघि टस हरेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्बाधिक ७४ रन बनाए भने एलिक अथानाजेले ४७ रन बनाए । त्यस्तै किची कार्टीले ३८, आन्द्रे फ्लेचरले १३ र काडिम आलेयनेले १४ रन बनाएका थिए ।
त्यसैगरी नेपालका बलरकमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।
यो जितपछि नेपाल ५ खेलको सिरिजमा १-० ले अगाडी भएको छ ।
अब सिरिजको दोस्रो खेल आइतबार हुने छ भने तेस्रो खेल मे १ मा चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने छ ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया