दिलकुमारीको सहयोगमा सरकारी विद्यालयका विद्यार्थीलाई पोसाक

काभ्रे । बनेपा-६ मा रहेको भक्तेश्वर माविका विद्यार्थीले पोसाक पाएका छन् ।
अमेरिकामा रही नेपालमा सामाजिक सेवामा सक्रिय संस्था दिलकुमारी केसी मेमोरियल फाउन्डेशनले विद्यार्थीलाई पोसाक वितरण गरेको हो । उक्त बिद्यालयमा अध्ययरत जेहन्दार, आर्थिक अवस्था कमजोर भएका ३२० जना विद्याथीले पोसाक पाए ।
गरिब, पिछडिएका जाति तथा सिकाइमा समस्या भएका बालबालिकाहरुलाई लक्षित गरी फाउन्डेशनले बिभिन्न जिल्लाका सरकारी विद्यालयमा पढ्ने बालबालिकालाई सहयोग गर्दै आइरहेको छ ।
‘दिलकुमारी फाउन्डेशन मार्फत हामीले नेपालका बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छौं’ दिलकुमारी केसी फाउन्डेशन अमेरिकाका अध्यक्ष नबराज केसीले भने ‘सामाजिक सेवाका कामहरूलाई अझै तिब्रता दिनेछौं ।’अमेरिकामा गैरनाफामुखी संस्थाको रूपमा दर्ता भएको उक्त फाउन्डेशनले विद्यार्थीलाई पोसाक, कम्प्यूटर, देखि भौतिक पूर्वाधार निर्माणमा समेत सघाउँदै आइरहेको छ ।
पोसाक बितरण समारोहमा बनेपा नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि शान्तिरत्न शाक्यले आफ्नो नगरभित्रका बालबालिकाहरुलाई लाभहुने गरी कार्यक्रम संचालन गरेकोमा संस्था प्रति धन्यवाद प्रदान गरे ।
विशेष अतिथि धुलिखेल नगर प्रमुख अशोक व्यांजूले संस्थाले गर्दै आएको कार्यक्रमका बारेमा यस अघि पनि आफूले चासोका साथ हेरेको भन्दै कार्यक्रमको प्रशंसा गरे ।
बनेपा वडा नं ६ का वडा अध्यक्ष सचितानन्द के।सीले आफ्नो वडामा रहेको सामुदायिक विद्यालयको विकासमा आफू सधै लागिपरेको बताउँदै संस्थाले विद्यालयका विद्यार्थीहरुलाई उपलब्ध गराएको सहयोग प्रति धन्यवाद दिए ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
सिड्नीमा गोली चल्याे, कम्तीमा १० जनाको मृत्यु
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया