आइतबार, वैशाख १३, २०८३

दिलकुमारीको सहयोगमा सरकारी विद्यालयका विद्यार्थीलाई पोसाक

मेरोन्यूज २०८१ वैशाख १५ गते २०:२५


काभ्रे । बनेपा-६ मा रहेको भक्तेश्वर माविका विद्यार्थीले पोसाक पाएका छन् ।

Advertisement
NiccNicc

अमेरिकामा रही नेपालमा सामाजिक सेवामा सक्रिय संस्था दिलकुमारी केसी मेमोरियल फाउन्डेशनले विद्यार्थीलाई पोसाक वितरण गरेको हो । उक्त बिद्यालयमा अध्ययरत जेहन्दार, आर्थिक अवस्था कमजोर भएका ३२० जना विद्याथीले पोसाक पाए ।

गरिब, पिछडिएका जाति तथा सिकाइमा समस्या भएका बालबालिकाहरुलाई लक्षित गरी फाउन्डेशनले बिभिन्न जिल्लाका सरकारी विद्यालयमा पढ्ने बालबालिकालाई सहयोग गर्दै आइरहेको छ ।

‘दिलकुमारी फाउन्डेशन मार्फत हामीले नेपालका बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छौं’ दिलकुमारी केसी फाउन्डेशन अमेरिकाका अध्यक्ष नबराज केसीले भने ‘सामाजिक सेवाका कामहरूलाई अझै तिब्रता दिनेछौं ।’अमेरिकामा गैरनाफामुखी संस्थाको रूपमा दर्ता भएको उक्त फाउन्डेशनले विद्यार्थीलाई पोसाक, कम्प्यूटर, देखि भौतिक पूर्वाधार निर्माणमा समेत सघाउँदै आइरहेको छ ।

पोसाक बितरण समारोहमा बनेपा नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि शान्तिरत्न शाक्यले आफ्नो नगरभित्रका बालबालिकाहरुलाई लाभहुने गरी कार्यक्रम संचालन गरेकोमा संस्था प्रति धन्यवाद प्रदान गरे ।

विशेष अतिथि धुलिखेल नगर प्रमुख अशोक व्यांजूले संस्थाले गर्दै आएको कार्यक्रमका बारेमा यस अघि पनि आफूले चासोका साथ हेरेको भन्दै कार्यक्रमको प्रशंसा गरे ।

बनेपा वडा नं ६ का वडा अध्यक्ष सचितानन्द के।सीले आफ्नो वडामा रहेको सामुदायिक विद्यालयको विकासमा आफू सधै लागिपरेको बताउँदै संस्थाले विद्यालयका विद्यार्थीहरुलाई उपलब्ध गराएको सहयोग प्रति धन्यवाद दिए ।

प्रतिक्रिया