आइपिएल : मुम्बई इण्डियन्समाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा दिल्लीले मुम्बईलाई १० रनले पराजित गरेको हो ।
दिल्लीले दिएको २५८ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन बनाएको हो ।
मुम्बईका लागि तिलक बर्माले सर्बाधिक ६३ रन बनाए भने कप्तान हार्दिक पाण्डेयले ४६ रन बनाएका थिए । त्यस्तै सूर्यकुमार यादवले २६ र इशान किसनले २० रन बनाएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउदै २५७ रन बनाएको थियो ।
दिल्लीका लागि जेक फ्राजर म्याकग्रुकले सर्बाधिक २७ बलमा ८४ रन बनाएका थिए । त्यस्तै ट्रिसन स्टब्सले २५ बलमा ४८, अविशेक पोरेलले ३६, शाइ होपले ४१ र कप्तान ऋषव पन्तले २९ रन बनाएका थिए ।
यो जितपछि दिल्ली क्यापिटल्सको १० खेलमा ५ जित र ५ हारसहित १० अंक भएको छ र अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ । त्यसैगरी मुम्बईको भने यो छैटौं हार हो । ९ खेलमा ३ जित र ६ हारसहित ६ अंक बटुलेर मुम्बई नवौं स्थानमा झरेको छ ।














कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
प्रतिक्रिया