कर्णाली सरकारले आज पूर्णता पाउँदै

कर्णाली । कर्णाली प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताएका छन् ।
उनले यही वैशाख १२ गते विनाविभागीयमन्त्रीका रुपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारलाई नियुक्त गरेका थिए ।
उनले आज एमालेको भागमा परेका भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
त्यस्तै माओवादीको भागमा परेका आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण, जलस्रोत तथा ऊर्जा विकासमन्त्री नियुक्त हुने जनाइएको छ ।
नियुक्त हुने मन्त्रीहरुको नाम मुख्यमन्त्री कँडेललाई दिइसकिएको माओवादी केन्द्रले जनाएको छ ।
मन्त्रीहरु नियुक्त गरेर पद तथा गोपनीयताको शपथ आजै खुवाउने गरी गृहकार्य भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ । मुख्यमन्त्री कँडेलले गत चैत २७ गते कर्णाली प्रदेश सरकारको नेतृत्व ग्रहण गरेका थिए ।
















हातहतियार बुझाउन चितवन प्रशासनको आग्रह
अवैध धन्दाकाे आराेप लागेका ललितपुरको ‘द ब्रिटिस स्कुल’ का चेयरम्यान विल्कोले दिए राजीनामा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
Election a talk of the town after candidacy filing in Mahottari
दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको मनोनयन दर्ता
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिक्रिया