टी-२० विश्वकप खेल्ने इङल्याण्डको टिमको घोषणा
मेरोन्यूज
२०८१ वैशाख १८ गते १५:५७

काठमाडौँ । इङल्याण्डले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि इङल्याण्डले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
इङल्याण्डको विश्वकप खेल्ने टिममा जोस बटलर (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनाथन बेयरस्टो, ह्यारी ब्रुक, साम कुरान, बेन डकेट, टम हार्टले, विल ज्याक्स, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, आदिल राशिद, फिल साल्ट, रिस टोपले र मार्क वुड रहेका छन् ।
टी-२० विश्वकपको डिफेन्डिङ च्याम्पियन समेत रहेको इङल्याण्ड यस विश्वकपमा समुह बी मा रहेको छ । समुह बी मा इङल्याण्डसहित अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान रहेका छन् ।
विश्वकपमा इङल्याण्डले आफ्नो पहिलो खेल जुन ८ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेको छ ।
सम्बन्धित













निर्वाचन आउन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गाकाे व्यवस्था
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
उत्तरायणको पहिलो दिनः आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया