गुल्मीमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ

गुल्मी । गुल्मीमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–७ सिस्न्यारा पातल सामुदायिक वनमा डढेलो लगाउने दुईजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसी रहेको डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत पङ्कजकुमार ठाकुरले जानकारी दिए । उनीहरुलाई वन ऐन २०७६ मार्फत् आगो लगाएको कसूरमा मुद्दा चलाउने तयारी गरिएको छ ।
पक्राउ परेकालाई तीन वर्ष कैद र रु ६० हजार जरिवाना वा दुवै सजाय हुने निमित्त वन अधिकृत ठाकुरले बताए । आरोपी दुवै जनाले सामुदायिक वनमा आफूहरुले आगो लगाएको स्वीकार गरेका छन् । उनीहरुलाई नेटा बजारबाट आइतबार पक्राउ गरिएको थियो । उनीहरुले गत ७ गते आगो लगाएर फरार भएका थिए । डिभिजन वन कार्यालय गुल्मीले पत्रकार सम्मेलनको क्रममा गाउँमा बस्ती रित्तिदै गएको र झाडी बढ्दै जाँदा आगलागीका घटना बढिरहेको जनाएको छ ।
उनले सल्लाका रुख काट्ने बहस भइरहेको भन्दै केही नहुने ठाउँमा सल्ला भएकोले सल्ला काट्नको सट्टा सल्लीपिलर (सल्लाका पात) सफा गर्दा समस्या समाधान हुने बताउनुभयो । कुनै व्यक्तिको लापरबाहीबाट डढेलो लागेको र त्यसले ठूलो क्षति गरेको भन्दै जनचेतना जगाउनु नै मुख्य काम भएको पत्रकार सम्मेलनका क्रममा ठाकुरले बताए । ठाकुरले आगो लगाएको सुराकी दिने व्यक्तिलाई गोप्य रुपमा पुरस्कार प्रदान गरिने पनि जानकारी दिए ।
हाल गुल्मीका १२ स्थानीय तहका ८० सामुदायिक वनमा डढेलो लागेको छ । डढेलोबाट दुई हजार बढी हेक्टर क्षेत्रफल वन नष्ट भएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । जिल्लाको इस्मा, मदाने र गुल्मी दरबारमा घरगोठमा थुप्रै क्षति भएको छ ।
घटनास्थलमा राहत र उद्धारको काम भइरहेको जनाइएको छ ।











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया