कोलकोताका बलर हर्षितलाई एक खेलको प्रतिबन्ध
मेरोन्यूज
२०८१ वैशाख १९ गते ११:४९

काठमाडौँ । आइपिएल टिम कोलकाता नाइट राइडर्सका फास्ट बलर हर्षित राणालाई एक खेलको प्रतिबन्ध लागेको छ ।
आईपीएल अन्तर्गतको इडेन गार्डेनमा दिल्ली क्यापिटल्सविरुद्धको खेलमा आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनलाई प्रतिबन्धसँगै म्याच शुल्कको शतप्रतिशत जरिवाना पनि लगाइएको छ ।
आईपीएल एडभाइजरीका अनुसार राणाले आईपीएल आचार संहिताको धारा २.५ अन्तर्गत लेभल १ को अपराध गरेका छन् । उनले अपराध स्वीकार गरेका छन् र म्याच रेफ्रीको अनुमोदन स्वीकार गरेकाले यस विषयमा थप सुनुवाई नहुने भएको छ ।
हर्षित रानालाई यो सिजन दोस्रो पटक जरिवाना गरिएको छ । यसअघि केकेआरको पहिलो घरेलु खेलमा सनराइजर्स हैदरावादका ब्याट्सम्यान मयंक अग्रवाललाई आउट गरेपछि चिढाउन फ्लाइङ किस गरेका थिए । यसका लागि उनलाई म्याच फीको ६० प्रतिशत जरिवाना गरिएको थियो ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया