कैलालीमा ३ लाख ४० हजार पशु चौपायालाई खोप

अत्तरिया (कैलाली) । कैलालीमा तीन लाख ४० हजार आठ सय पशु ७३ पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ ।
जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जिल्लाका १३ वटै स्थानीय तहका गाई, गोरु, भैँसी, राँगा, बाख्रालगायत पशुचौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको हो । गत मङ्सिरबाट सुरु गरिएको खोप अभियानमा हालसम्म ६४ हजार सात सय ८० गाईगोरु र ४७ हजार नौ सय २० भैँसीराँगालाई खोरेतविरुद्ध खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र कैलालीका सूचना अधिकारी कविराज कठायतले जानकारी दिए ।
उनका अनुसार एक लाख ८४ हजार भेडा बाख्रालाई पिपीआर, २१ हजार एक सय बङ्गुरलाई क्लासिकल स्वाइन फिवर र २३ हजार गाईगोरुलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । सोही अभियानका क्रममा धनगढी उपमहानगर, टीकापुर र भजनी नगरपालिकामा १५ हजार पशुलाई रानी खेत खोप पनि लगाइएको उनले जानकारी दिए।
चालु आव २०८०÷८१ मा दुई लाख ५० हजार खोरेतविरुद्धको खोप, दुई लाख पिपीआर, २४ हजार क्लासिकल स्वाइन फिवर र एक लाख पशुलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाउने लक्ष्य रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा हेमराज अवस्थीले जानकारी दिए ।
लम्पी स्किनविरुद्धको खोप भने अभाव रहेको उनले बताए । “खोप लगाउन जिल्लाभरि ६५ जना पशु प्राविधिक खटिनुभएको छ, हामी निरन्तर अभियानमा छौँ”, उनले भने, “यही वैशाख मसान्तभित्रै खोप लगाइसक्ने लक्ष्य छ ।” अघिल्ला वर्षहरुभन्दा यस वर्ष खोप अभियानमा किसानको सहभागिता राम्रो रहेको उनको भनाइ छ ।
















इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठूलो क्षति
भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया