स्पा तथा वेलनेस सेवामा जनशक्ति अभाव

काठमाडौँ । पर्यटनको महत्त्वपूर्ण ‘प्याकेज’का रूपमा रहेको स्पा तथा वेलनेस सेवाका लागि आवश्यक दक्ष जनशक्ति अभाव भइरहेको यस पेसा व्यवसायका सरोकारवालाले औँल्याएका छन् ।
नेपालको पर्यटनमा महत्त्वपूर्ण सेवाका रूपमा रहेको स्पा र वेलनेस सेवाको माग दिनप्रतिदिन बढिरहे पनि दक्ष जनशक्ति अभावले उपभोक्ताको माग धान्न हम्मेहम्मे परिरहेको छ । यसै परिप्रेक्ष्यमा ट्रयान्क्विलिटी स्पा एकेडेमीले रोजगारीको ग्यारेन्टीसहित तीनमहिने ‘स्पा थेरापिष्ट’को तालिममा नयाँ भर्ना खोलेको छ ।
एकेडेमीले विगत लामो समयदेखि स्पा तथा ब्यूटीसियनसम्बन्धी तालिम सञ्चालन गर्दै आइरहेको छ । हालसम्म एक हजार पाँच सय स्वदेशी तथा तीन सय विदेशी प्रशिक्षार्थीलाई स्पा थेरापिष्टसहित विभिन्न तालिम दिइएको एकेडेमीका कार्यकारी निर्देशक सुरेश पुरीले जानकारी दिए ।
एकेडेमीले नयाँ पाठ्यक्रमसहितको भर्ना खोलेको सन्दर्भमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक पुरीले अथाह सम्भावना र माग भइरहेको यो क्षेत्रमा दक्ष जनशक्ति अभाव भइरहेको सन्दर्भमा एकेडेमीले विभिन्न कक्षा सञ्चालनमा ल्याउन लागेको बताए ।
काठमाडौँको कमलादीस्थित हेरिटेज प्लाजामा रहेको ट्रयान्क्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमीले ‘स्पा थेरापिष्ट’ सहित विभिन्न तालिममा रोजगार ग्यारेन्टीसहित नयाँ भर्ना खोलेको कम्पनीले उल्लेख गरेको छ ।
एकेडेमीका कार्यकारी निर्देशक सुरेश पुरीले हालसम्म तालिम लिएका कोही पनि बेरोजगार नभएको बताए । सन् २००९ मा ट्रयान्क्विलिटी ब्यूटी एकेडेमीका रूपमा स्थापना भएको र हाल ट्रयान्क्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमी नाममा सञ्चालन भएको हो ।
एकेडेमीका तालिम संयोजक राजेश फैजुले आवश्यकतानुसार छ दिनदेखि एक वर्षसम्मका तालिमको डिजाइन गरेर एकेडेमीमा तालिम दिइन्छ । रोजगारको आवश्यकता भएकाहरूलाई बैकिङ लोन तथा जब ट्रेनिङको समेत व्यवस्था गरिएको उनले बताए ।
एकेडेमीले भारत, दुबई, थाइल्याण्ड, स्वीजरल्याण्डलगायत देशका प्रतिष्ठित कलेज तथा तालिम केन्द्रबाट तालिमप्राप्त, अनुभवी एवं दक्ष प्रशिक्षकका साथै आयुर्वेद चिकित्सक ऐश्वर्य श्रेष्ठबाट प्रशिक्षण गराइरहेको जानकारी दिएको छ ।
तालिमप्राप्त जनशक्तिको उच्च माग र आवश्यकतालाई मध्यनजर गर्दै एकेडेमीले डिप्लोमा इन स्पा थेरापी, बेसिक इन मसाज थेरापी, आयुर्वेदा फाउण्डेशन कोर्ष तथा एडभान्स डिप्लोमा इन स्पा म्यानेजमेन्टजस्ता कोर्षहरू डिजाइन गरी सुरुआत गरेको हो ।
स्पा एकेडेमीबाट तालिम लिएपश्चात स्वरोजगार तथा व्यावसायिक सुरुआत गर्न चाहनेहरूलाई अत्यन्त उपयोगी हुनुका साथै वैदेशिक रोजगारीमा जान चाहनेले आकर्षक तलबसहित सम्मानजनक जागिर प्राप्त गर्न सक्ने एकेडेमीले विश्वास लिएको छ ।
ट्रयान्क्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमी नेपालका अधिकांश पाँचतारे होटलमा सेवा दिइरहेको स्पा तथा वेलनेस जगत्मा नेपालकै सबैभन्दा ठूलो र स्तरीय स्पा चेन भएको ट्रयान्क्विलिटी स्पा प्रालिको भगिनी संस्था हो । यकिन तथ्याङ्क नभए पनि नेपालको प्रमुख पर्यटकीय क्षेत्रमा आठ सयदेखि एक हजार स्पा सञ्चालनमा रहेको व्यवसायीको अनुमान छ ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया